मिति २०७७ साल आषाढ ९ गते मङ्गलबारका दिन बसेको यस संस्थाको सञ्चालक समितिको बैठक निर्णयहरु

  • Home
  • -
  • News
  • -
  • मिति २०७७ साल आषाढ ९ गते मङ्गलबारका दिन बसेको यस संस्थाको सञ्चालक समितिको बैठक निर्णयहरु
मिति २०७७ साल आषाढ ९ गते मङ्गलबारका दिन बसेको यस संस्थाको सञ्चालक समितिको बैठक निर्णयहरु

मिति २०७७ साल आषाढ ९ गते मङ्गलबारका दिन बसेको यस संस्थाको सञ्चालक समितिको बैठक निर्णयहरु

मिति २०७७ साल आषाढ ९ गते मङ्गलबारका दिन बसेको यस संस्थाको सञ्चालक समितिको बैठकले निम्न बमोजिमको निर्णयहरु गरेको जानकारी यस संस्थाका सम्पूर्ण शेयर धनी तथा सुभेच्छुकहरुलाई जानकारी गराइन्छ । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ (कोरोना) का कारण देश लगायत विदेशमा आर्थिक रुपमा मन्दी भैरहेको कुरा सर्वविदितै छ । यो संस्था पनि आर्थिक संस्था भएको कारण सम्भव भएसम्म उक्त मन्दीबाट सुरक्षित रहनका लागि प्रवाहित कर्जा यस आषाढ मसान्तभित्र उठाउनुपर्ने भएकोले परिस्थितिलाई अवलोकन गर्दै तपसील बमोजिम निर्णय गरियो ।

 

निर्णयहरु ः

१) लकडाउन अवधीभरमा कर्जा भुक्तान अवधी समाप्त भई तिर्न नपाएका ऋणीहरुको हकमा मिति २०७७ साल आषाढ २५ गतेभित्र कर्जा भुक्तान गरेमा सो अवधीको जरिवानामा १००% छुट गर्ने ।

२) चैत्र १ गतेभन्दा अगाडि कर्जा भुक्तान अवधी समाप्त भई वारम्वार भुक्तानीका लागि ताकेता गर्दा पनि सम्पर्कमा नआउनुभएका र भाका नाघेका ऋणीहरुको हकमा मिति २०७७ साल आषाढ २५ गतेभित्र ब्याजसहित सम्पूर्ण कर्जा भुक्तान गरेमा लकडाउन अवधीभरको ब्याज रकममा १०% का दरले छुट दिने ।

३) २०७७ साल आषाढ १ गतेदेखि आषाढ मसान्तसम्म कर्जा भुक्तान अवधी समाप्त हुने ऋणीहरुले यही आषाढ २५ गतेभित्र सम्पूर्ण ऋण रकम ब्याजसहित भुक्तान गरेमा ब्याज रकममा ५% छुट दिने ।

४) विगत एक हप्तादेखि लगातार भएको अविरल वर्षाका कारण यस संस्थाका शेयरधनी श्री गोपाल पौडेल, श्री कुन्ता पौडेल, श्री खगेश्वर पौडेल लगायतका परिवारको स्थायी ठेगाना पाणिनी–६, धातिवाङ्ग, अर्घाखाँचीमा रहेको कुखुरापालन व्यवसाय फार्ममा पसेको बाढीपहिरोले ठूलो क्षति भएकोले उक्त क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै क्षतिपूर्तिका लागि सम्बन्धित निकायमा आवश्यक पहल गर्ने ।