Publication

  • Home
  • -
  • Download
  • -
  • Publication

Publication

सहकारी अभियानलाई व्याख्या तथा विश्लेषण गर्ने प्रयासमा थुप्रै विद्वान्हरू लागि परेका छन् । नेपालीमा ‘सह’ को अर्थ साथसाथै अर्थात् सँगै मिलेर र ‘कारी’ को अर्थ काम गर्नु भन्ने हुन्छ । यसबाट ‘सहकारी’ ले साथसाथै मिलेर काम गर्नु भन्ने अर्थ बुझाउँछ । मानिस आफू र आÇनो परिवेशमा एक आपसमा मिलेर बस्नु, मिलेर योजना बनाउनु, मिलेर काम गर्नु, त्यसको प्रतिफल पनि मिलेर लिनुलाई सामान्यतः सहकारी भनिन्छ । सहकारिता मिलीजुली काम गर्ने चाहनालाई मूर्त रूपमा व्यवहारमा ल्याउने एउटा प्रतिबद्धता पनि हो । सहकारीमा आर्थिक तथा सामाजिक विकास, सामूहिक तवरले गर्न सकिन्छ भन्ने भावनावाट प्रेरित भई सङ्गठित हुने गर्दछन् । सदस्यहरू समान प्रतिबद्धताका साथ लागि पर्दछन् । सहकारितामार्फत मानिसहरू व्यवसायमा संलग्न हुन्छन् । तर यो कम्पनी वा अन्य त्यस्तै किसिमको व्यवसाय भने होइन । मुनाफामूलक पुँजीगत कार्य वा व्यवसायमा जान नचाहनेहरू सहकारितामार्फत आÇनो उन्नति गर्न चाहन्छन् । समान पेशा, व्यवसाय, उद्देश्य, सीप भएका व्यक्तिहरू आपसमा स्वतः स्पूmर्त रूपमा सङ्गठित प्रयास भए तापनि राजनीति वा राजनीतिक अभीष्ट पूरा गर्नका लागि गरिएको प्रयास भने होइन । राजनीतिक वादभन्दा फरक किसिमको धारणाका रूपमा यसलाई लिइन्छ । यो समूहका सदस्यको समष्टिगत समुन्नतिका लागि अपनाइने पद्धति मात्र हो । यसै कुरालाई प्रकाश पार्दै अन्तर्राष्ट्रिय सहकारी महासंघले आर्थिक, सामाजिक, सांस्कृतिक आवश्यकता पूर्तिका लागि स्वेच्छिक रूपमा बनेको मानिसको सङ्गठनलाई सहकारीको रूपमा लिएको देखिन्छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठनले पनि सहकारीलाई थोरै साधन भएका मानिसको स्वेच्छिक सङ्गठनका रूपमा लिएका छन् ।