Saving Deposit

  • Home
  • -
  • Saving Deposit
Saving Deposit

Saving Deposit

1. नियमित मासिक बचत

धान्याञ्चल बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरूलाई सदैव बचत गर्न उत्प्रेरित गर्दै आएको छ । बचत नै उनीहरूको सुरक्षित र सुखद भविष्यको आधार हो । सदस्यहरूलाई आÇनो सुविधा र आवश्यकता अनुसार बचत योजना छनोट गर्न सहज होस भनी संस्थाले विभिन्न प्रकारका बचत योजनाहरू सञ्चालन गरेको छ र सोही बमोजिम विगत ०७३÷०७४ देखि आवधिक बचत, बाल बचत, गृहिणी बचत, जेष्ठ नागरिक बचतमार्फत पनि बचत गर्न सक्ने प्रावधान बनाइएको छ । सहकारी संस्थाको मूल मर्म भनेको नै नियमित तथा आवधिक बचत भएकाले सदस्यहरूमा अनिवार्य बचत गर्ने बानी पार्नु पर्ने चुनौतिका बिच पनि यस संस्थाले यस वर्षमा रू. ३,१२,२६,०९०.५३ ÷– बचत गर्न पुगेको छ । नियमित मासिक बचत गर्ने सदस्यलाई अन्य बचत खाता अर्थात् धान्याञ्चल सुलभ वा आवधिक खातामा परिवर्तन गर्नको लागि मौका दिइने छ । सो अनुसार यस आर्थिक वर्षको अन्त्यमा केही सेयर धनीले आफ्नो 

दैनिक बचतलाई आवधिक बचतमा परिवर्तन गरिसक्नु भएको छ । २०७४ साल असार मसान्तसम्मको नियमित मासिक बचतलाई सेयर रकममा संलग्न गराइएको भए पनि यस वर्षदेखि सो नीतिलाई परिवर्तन गरी उक्त नियमित मासिक बचतको रकमलाई आकर्षक ब्याज दिने गरी आवधिक बचतको खातामा राख्ने काम गरिएको छ । स्वैच्छिक बचतमा ६ प्रतिशत ब्याजदर प्रदान गर्ने निर्णयलाई यस वर्ष पनि निरन्तरता दिइने छ । आर्थिक वर्ष २०७४÷०७५ देखि नियमित मासिक बचतलाई प्रत्येक ६ महिनामा ब्याज गणना गर्ने गरी राखिएको प्रावधानलाई यस वर्ष पनि निरन्तरता दिइने छ ।

(क) संस्थाले प्रदान गर्ने (दिने) ब्याज दरः

(क) संस्थाले प्रदान गर्ने (दिने) ब्याज दरः

शीर्षक वार्षिक ब्याजदर प्रतिशत (%)

मासिक अनिवार्य बचत ७

बाल बचत १०

स्वेच्छिक बचत ६

गृहिणी बचत ७

जेष्ठ नागरिक बचत ९

 

आवधिक बचतमा

अवधि महिला, बाल, वृद्ध प्रतिशत (%) अन्यको हकमा

६ महिने १०.५ १०

१ वर्षे ११.५ ११

२ वर्षे १२ ११.५

३ वर्षे १२.५ १२.५

४ वर्षे १३.५ १३

५ वर्षे १५ १४.५

ख) संस्थाले प्राप्त गर्ने (लिने) ब्याज दरः

शीर्षक वार्षिक ब्याजदर प्रतिशतमा (%)

सदस्य जमानीमा ऋण १४–१६

धितो जमानीमा ऋण १४