- Phone Number : 01-4986704
- Contact Mail : info@Dhanyanchal.com.np
देउसीभैलो कार्यक्रम सम्पन्न
काठमाडौँ ः ‘स्वरोजगार विकासको पूर्वाधार ः धान्याञ्चल नै एकमात्र आधार’ भन्ने नारालाई आत्मसात् गर्दै २०६५ साल असार ५ गते स्थापना भएको धान्याञ्चल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि र्कािर्तक ७ गतेका दिन ढुङ्गेधारा, काठमाडौँस्थित च्छोरोल्पा पार्टी प्यालेसमा देउसीभैलो कार्यक्रम सम्पन्न ग¥यो । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा अर्घाखाँची काङ्ग्रेसका नेता मानबहादुर विश्वकर्माको प्रमुख आतिथ्यमा तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा अर्घाखाँची काङ्ग्रेसका नेता पुष्पा भुसालको विशिष्ट आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष भविश्वर घिमिरेले गर्नुभएको थियो भने उक्त कार्यक्रमको संयोजन संस्थाकै सांस्कृतिक विभागले गरेको थियो । संस्थाका सेयर सदस्यहरूलगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा राष्ट्रिय एवम् स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहेको थियो । मौलिक संस्कृतिको संरक्षण गर्ने मुख्य उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रममा कामना कलेजका विद्यार्थीहरूले उत्कृष्ट साङ्गीतिक प्रस्तुतिका माध्यमबाट उपस्थित सबैलाई पर्याप्त मनोरञ्जन दिएका थिए