- Phone Number : 01-4986704
- Contact Mail : info@Dhanyanchal.com.np
सूचना
सूचना ! सूचना !! सूचना !!! धान्याञ्चल बचत तथा ऋण सहकारी संस्था लि. को १५ औँ वार्षिक साधारणसभा तथा वनभोज कार्यक्रम निम्नानुसार मिति, स्थान र समयमा हुने भएकाले संस्थाका सम्पूर्ण सेयरधनीज्यूहरू, बचतकर्ताज्यूहरू, सल्लाहकारज्यूहरू, सञ्चालक समितिका पदाधिकारी एवम् सदस्यज्यूहरु, लेखा सुपरीवेक्षण समितिका संयोजक एवम् सदस्यज्यूहरु, कर्जा उपसमिति तथा विभिन्न विभागका संयोजक एवम् सदस्यज्यूहरू, कर्मचारीज्यूहरूलगायत सम्बन्धित सम्पूर्णलाई निर्धारित समयमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ । जय सहकारी ! #कार्यक्रम स्थलमा जानका लागि आवश्यक गाडीसम्बन्धी जानकारी यसै पेजमार्फत दिइनेछ । मिति : २०८१/०९/२० गते शनिबार स्थान : चोभार, स्पट-१ समय : बिहान ८.०० बजे । -सचिव तुल्सी घिमिरे