- Phone Number : 01-4986704
- Contact Mail : info@Dhanyanchal.com.np
धान्याञ्चल साकोसको कार्य क्षेत्र बिस्तार
धान्याञ्चल बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौंलाई कार्यस्थल बनाएर सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै सेवा भावका साथ निरन्तर प्रगति पथमा अघि बढिरहेको संस्था हो । काठमाडौं महानगरपालिकाका १६, २९ , ३०, ३१ र ३२ वडामा सीमित रहेर कार्य सम्पादन गरिरहँदा संस्थालाई आफ्नो लक्ष्यमा पुग्न कठिनाइ भएको अवस्थालाई मध्यनजर गर्दै साधारण सभाको म्यान्डेट बमोजिम सञ्चालक समितिले निर्णय गरी सिङ्गो काठमाडौं महानगरपालिकालाई कार्यक्षेत्र बनाउने पहल गरिएकोमा हालैमात्र महानगरपालिकाको सहकारी विभागबाट सोसम्बन्धमा स्वीकृति प्रदान गरिएको जानकारी गराउन पाउँदा हामी अत्यन्त हर्षित छौँ । हाम्रो सहकारीलाई विस्तार गर्न र ठूलो समुदायमा पुर्याउन यस निर्णयले हामीलाई हौसला प्रदान गरेको छ र थप जिम्मेवारी बोधका साथ अगाडि बढ्न प्रेरित गरेको छ । हाम्रो संस्था र यसको सञ्चालक समितिलाई विश्वास गरी हाम्रै मागबमोजिम कार्यक्षेत्र विस्तार गर्न स्वीकृति प्रदान गरेकोमा हामी काठमाडौं महानगरपालिका, सहकारी विभागलाई हार्दिक धन्यवाद दिन्छौं । त्यसैगरी हामीलाई निरन्तर हौसला प्रदान गर्ने सम्पूर्ण शुभचिन्तकहरूलाई समेत धन्यवाद दिन चाहन्छौं । यस अवसरका लागि धान्याञ्चल सहकारी सम्बद्ध हामी सबैलाई बधाई ! जय सहकारी !!