हार्दिक श्रद्धाञ्जली एवम् समवेदना

  • Home
  • -
  • News
  • -
  • हार्दिक श्रद्धाञ्जली एवम् समवेदना
हार्दिक श्रद्धाञ्जली एवम् समवेदना

हार्दिक श्रद्धाञ्जली एवम् समवेदना

अर्घाखाँची जिल्ला, पाणिनी गाउँपालिका–५, मैदान निवासी हाम्रा आत्मीय मित्र धान्याञ्चल साकोसका उपाध्यक्ष तथा नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय वाणिज्य बैंक लि. केन्द्रीय समितिका अध्यक्ष गगनसिंह घिमिरेकी ममतामयी माता ज्ञानीकला घिमिरेको २०७६ साल फागुन १० गते शनिवारका दिन ६३ वर्षको उमेरमा भएको असामयिक निधनले हामी स्तब्ध एवम् मर्माहत भएका छौँ । शोकको यस घडीमा हामी स्वर्गीय आमाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ र शोक सन्तप्त परिवारजनमा शोकलाई सहन गर्न सक्ने शक्ति श्री पशुपतिनाथले प्रदान गरून् भन्दै हार्दिक समवेदना व्यक्त गर्दछौँ ।