• New title for a=>html, img=>alt
  • हाम्रा सेवाहरु ?

    १. सदस्यता १७२
    संस्थाले आÇनो कार्यक्षेत्रभित्रका प्रत्येक घर परिवारबाट कम्तीमा एक सदस्य बनाउने नीति लिँदै आएको छ । यही नीति अनुरूप नयाँ सदस्यहरूलाई सदैव स्वागत गर्दै आएको छ । विगत वर्षहरूमा नयाँ सदस्यहरूको लागि न्यूनतम २५० देखि १००० कित्ता सेयर खरिद गर्नु पर्ने नीति लिइएकोमा यस आर्थिक वर्षमा विशेष गरी न्यून आय भएका कार्यक्षेत्रभित्रका १०,०००÷– देखि १,५०,०००÷– रकम बराबरको सेयर दिन सकिने व्यबस्था गरिएको छ । गत आ.व. को अन्तसम्ममा जम्मा ११२ जना सदस्यता रहेकोमा सो सङ्ख्या यस आ.व. को अन्त्यसम्म आइपुग्दा ६५ė बृद्धि भै १७२ पुगेको छ, जसमा पुरुष १२१ अर्थात् ७०.३५ė र महिला ५१ अर्थात् २९.६५ė रहेका छन् । आगामी दिनमा शेयर सदस्य संख्या क्रमिक रुपमा वृद्धि गर्दै अगाडी वढने संस्थाको नीति रहेकोछ ।
    २. सेयर पूँजी रु. १,०१,७५,०००।–
    सेयर पूँजी आ.व. २०७२÷७३ को अन्त्य सम्म आइपुग्दा १,०१,७५,०००÷– पुगेको छ । संस्थामा अझ नगद प्रवाह र कर्जाका मागलाई पुरा गर्न सदस्यता वृद्धिसँगै १०,०००÷– देखि १,५०,०००÷– सम्म बराबरको सेयर रकम पु¥याउने निर्णयलाई कार्यान्वयन गरिनेछ । यस कार्यमा यहाँहरूको पूर्ण सहयोगको अपेक्षा गर्दछु ।
    यस आर्थिक वर्षमा संस्थाको सेयर पुँजी ज्यादै उत्साहजनक रूपले वृद्धि भएको छ । विगत वर्षहरूमा जस्तै यस वर्ष पनि सेयर प्रदान गर्दा एक आपसका सदस्यहरू बिच सेयर पुँजीमा धेरै असमानता नहोस् भन्ने नीति अनुरूप एक सदस्यलाई एक पटकमा अधिकतम १,५०,०००÷– सेयर रकम (१५०० कित्ता) सम्म मात्र सेयर प्रदान गर्ने नीति लिइएको छ । चालु आ.व.२०७३÷०७४ अन्तसम्म आई पुग्दा रु.२ करोड ५० लाख पर्याउने लक्ष्य लिएकोछ । हालसम्मको शेयरको अवस्था देहाय वमोजिम रहेकोछ । १. २५ हजारसम्म (९ जना)
    २. ५० हजारसम्म (१२७ जना) ३. एक लाखसम्म (३६ जना)
    ३. नियमित मासिक बचत
    संस्थाले सदस्यहरूलाई सदैव बचत गर्न उत्प्रेरित गर्दै आएको छ । बचत नै उनीहरूको सुरक्षित र सुखद भविष्यको आधार हो । सदस्यहरूलाई आÇनो सुविधा र आवश्यकता अनुसार बचत योजना छनोट गर्न सहज होस् भनी विभिन्न प्रकारका बचत योजनाहरू संस्थाले सञ्चालन गरेको र यसै आर्थिक वर्षदेखि बाल बचत, गृहिणी बचत, जेष्ठ नागरिक बचतमार्फत पनि बचत गर्न सक्ने प्रावधान बनाइएको छ । सहकारी संस्थाको मूल मर्म भनेको नै नियमित तथा आवधिक बचत भएकाले सदस्यहरूमा अनिवार्य बचत गर्ने बानी पार्नु पर्ने चुनौतिका विच पनि यस संस्थाले यस वर्ष मा ३१७८८५४.६२ बचत गर्न पुगेको छ । नियमित मासिक बचत गर्ने सदस्यलाई अन्य बचत खाता अर्थात् धान्याञ्चल सुलभ वा आवधिक खातामा परिवर्तन गर्नको लागि मौका दिइने छ । २०७३ साल असार मसान्तसम्मको नियमित मासिक बचतलाई सेयर रकममा संलग्न गराउने र श्रावणदेखिको मासिक बचतलाई शेयर वचतमा परिणत गरी प्रत्येक आर्थिक वर्षको अन्तमा शेयरमा गाभिने नीति लिइएकोछ । स्वैच्छिक बचतलाई ५.५ प्रतिशत ब्याजदर प्रदान गर्ने निर्णयलाई कार्यान्वयन गरिने छ ।
    ( क) संस्थाले प्रदान गर्ने (दिने) ब्याज दरः
    शीर्षक वार्षिक ब्याजदर प्रतिशत (%)
    मासिक अनिवार्य बचत ६
    बाल बचत ८
    स्वेच्छिक बचत ५.५
    गृहिणी बचत ६.५
    जेष्ठ नागरिक बचत ८
    आवधिक बचतमा
    अवधि वार्षिक ब्याजदर प्रतिशत (%)
    ६ महिने १०
    १ वर्षे १०. ५
    २ वर्षे ११
    ३ वर्षे ११. ५
    ख) संस्थाले प्राप्त गर्ने (लिने) ब्याज दरः
    शीर्षक वार्षिक ब्याजदर प्रतिशतमा (%)
    सदस्य जमानीमा ऋण १ ४–१६
    धितो जमानीमा ऋण १ ४
    ४. कर्जा लगानी तथा कर्जा असुली
    पर्याप्त तरलताको अभावबिच पनि यस आर्थिक वर्षमा कर्जा अपेक्षा भन्दा बढी रु. १,१२,९५,०००÷– पुगेको छ । कर्जा असुलीतर्फ उत्साहजनक प्रगति छ । सदस्यहरूको आवश्यकता अनुसार कर्जाको सीमा बढाउँदै लैजान नियमित मासिक बचत,सेयर खरिद तथा कर्जाका दैनिक, मासिक किस्ता तथा एकमुष्ट चुक्ता गर्ने बानी पार्नु जरुरी भएकाले उक्त कार्यलाई नियमित र अनिवार्य गरी लागु गरिनेछ र कर्जा लगानी ३,००,००,०००÷– पु¥याइने लक्ष्य राखिएको छ । कर्जा लगानी तर्पm गएको आ.व. मा गरिएको निर्णयलाई परिमार्जन गरि अधिकतम रु ५,००,००० सम्म सामूहिक धन जमानतमा संचालक समितिको परामर्शमा ऋण प्रवाह गर्ने नीतिलाई कडाइका साथ लागु गरिने छ ।
    ५. सेयरलगानी
    सहकारी ऐनमा भएका व्यवस्था बमोजिम संस्थाले सहकारी संघको सदस्यता लिनुपर्ने भएकाले यस वर्ष जिल्ला सहकारी संघ काठमाडौँ र सहकारी विकास बैँकको सदस्यता लिई दुबै संस्थाको १० ÷१० कित्ता सेयरमा लगानी गरिने छ ।
    ६. सहकारी अभिमुखीकरण कार्यक्रम
    सेयरधनीहरूलाई संस्थाप्रति बढीभन्दा बढी जागरूक बनाउने उद्देश्यले गएको वर्ष ककनीमा एक कार्यक्रमको आयोजना गरी शैक्षिक कार्यक्रमको आयोजना गरियो भने यस वर्ष पनि फरक
    ठाउँमा शिक्षा विभागको आयोजनामा कार्यक्रमको आयोजना गरिने छ । सहकारी विज्ञमार्फत सञ्चालक समिति, लेखा समिति, ऋण उपसमिति, शिक्षा समिति तथा सल्लाकारहरू तथा सदस्यहरूको लागि कम्तीमा २ वटा यस्ता अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ ।
    ७. आयमा वृद्धि विगत २ वर्षमा संस्था लगातार घाटामा गएको भए तापनि यस वर्ष संस्था नाफामा जानको लागि सफलता मिलेको छ । आगामी वर्ष ०७३÷०७४ मा संस्थालाई नाफाउन्मुख बनाई सेयरधनीलाई लाभांश वितरण गरिनेछ ।
    ८. कोष व्यवस्थापन
    संस्थाको उन्नतिी प्रगति र गतिशीलताको लागि कोष परिचालन एवम् व्यवस्थापनको अहम् भूमिका रहने हँुदा कोषको लक्ष्य अनुरूप सहकारी शिक्षा, सामाजिक दायित्व तथा संस्था स्थितीकरण र सहकार्यमूलक अध्ययन अवलोकन भ्रमण आदि गतिविधि गरिनेछ ।
    ९. व्यक्तिगत बचत खाता
    संस्थाले आÇना सदस्यमाझ नियमित मासिक बचत, स्वैच्छिक बचत तथा क्रमिक खाता सञ्चालनमा ल्याए पनि बढी प्रचलित नियमित मासिक बचत लगायत अरू विभिन्न खाताहरूका विशेषताका आधारमा बचत गर्न प्रोत्साहित गरिने छ ।
    १०. सूचनामूलक प्रकाशनको थालनी
    यस वर्ष २०७३ देखि भित्रेपात्रोका प्रकाशनबाट संस्था गतिविधिको सूचना प्रवाह गरिएकोमा आगामी दिनमा थप स्मारिका, गोजी पात्रो, डायरीका माध्यमबाट पनि उक्त कार्यक्रमलाई निरन्तरता दिइने छ ।
    ११. कार्यालय व्यवस्थापन
    कार्यालय व्यवस्थापनलाई समय सापेक्ष बनाई ऋयचउयचबतभ ऋगतिगचभ को रुपमा विकसित गरिने छ । संस्थालाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाउनका लागि थप तिन कर्मचारीको व्यवस्था यस आ.व. भित्र गरिनेछ ।
    १ २. सदस्य लक्षित अन्य प्रवद्र्धनात्मक कार्यक्रमहरू
    क) सामाजिक सेवा कोषको थालनी कर्जा लगानीमा प्रत्यक व्यक्तिबाट रु. १०० लिई त्यसलाई छुट्टै कोषको व्यवस्था गरी भविष्यमा सेयर धनीको सन्ततिलाई आइपर्ने कडा रोग, प्रसुति, प्राकृतिक प्रलय जस्ता शीर्षकमा खर्च गरिने छ र सोको दायरालाई बृहत् बनाइ अगाडि बढिने छ ।
    ख) स्वास्थ्य शिविर
    संस्थाको वार्षिक उत्सवको अवसर पारेर स्वास्थ्य सम्बन्धी विशेषज्ञ डाक्टरसँग परामर्श गरी शिविर सञ्चालन गरिने छ ।
    ग) जेष्ठ नागरिक सम्मान कार्यक्रम
    संस्थाको नियमित कार्यक्रम अन्र्तगत विगतमा गर्ने भनिएको जेष्ठ नागरीक सम्मान कार्यक्रम गर्न नसकिए तापनि उक्त कार्यक्रमलाई यस आ.व. ०७३÷०७४ मा कार्यान्वयन गरिने छ ।
    घ ) रक्तदान कार्यक्रम
    संस्थाको आÇनो वार्षिक उत्सव तथा विभिन्न अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिने छ र उक्त कार्यक्रममा व्यापक सहभागिता जुटाई संस्थाको प्रचार प्रसारलाई समेत व्यापक बनाइनेछ ।
    ङ) सम्मान कार्यक्रम
    संस्थाले आÇनो कार्यक्षेत्र भित्रका विभिन्न विधामा दिएको सम्मानलाई आगामी वर्षमा पनि निरन्तरता दिई अगाडि बढिने छ ।
    १ ३) संस्थाका चुनौतिहरू÷अवसरहरू
    संस्थाको कार्यक्षेत्र का.म.न.पा. १६, २८, २९, ३०, ३१, ३२ रहेकोमा यसलाई ठुलो अवसरको रूपमा लिनु पर्दछ । जहाँ जनसङ्ख्या र जनघनत्व पनि बढी छ, साथै यहाँ उद्योग व्यवसायका लागि मात्र होइन कि रोजगारका लागि पनि अवसरहरू उत्तिकै छन् । यहाँ देशका अन्य भूभागमा भन्दा पूर्वाधारका विकास पनि बढी भएका छन् भने बजार विस्तारको सम्भावना पनि प्रचुर छ । आगामी दिनमा सदस्यहरू वृद्धिको सम्बन्धमा यस क्षेत्रलाई बढी प्राथमिकता दिइनेछ ।
    १) वित्तीय बजारमा क्रियाशील बैंक तथा वित्तीय सेवा र अन्य संघ संस्थाहरूबिच हुने विशेष गरी बचत तथा ऋण लगानीमा हुने व्याजहरूको अस्वस्थ प्रतिस्पर्धा तथा वित्तीय बजारमा अप्रत्यासित रूपमा आउने ब्याजदरको उतार चढावले पार्ने असरहरू ।
    २) एउटै कार्यक्षेत्रमा समान प्रकृतिका धेरै संस्थाहरू भएका कारणले एकै व्यक्ति धेरै संस्थाहरूमा सदस्य भई वित्तीय कारोबार गर्ने गरेको र विशेष गरी एकै व्यक्तिलाई धेरै विकल्प भएकाले ऋण लिन सहज हुनाले प्रत्येक संस्थाबाट अनुत्पादक क्षेत्रमा ऋण कारोबार गर्ने र सोबाट हुने नकारात्मक असरहरू ।
    ३) पँुजी र दक्ष व्यवस्थापकीय जनशक्तिको अभाव रहनु यस सहकारी संस्थाको मुख्य चुनौति रहेको छ । योजना अनुसार सेयर सदस्यता विस्तार गर्न र बचत उठाउन नसक्दा आवश्यक पँुजीको अभाव खड्किएको छ । नयाँ संस्था भएकोले अनुभव कम हुनु र दक्ष जनशक्तिको अभाव हुनु पनि यस संस्थाको अर्को चुनौतिका रूपमा रहेको छ ।
    ४) संस्थाका सबै सेयर सदस्यहरूमा सहकारी शिक्षा नहुनु र आवश्यक तालिम, भ्रमण आदिको व्यवस्था गर्न नसक्नु पनि अर्को समस्या हो । सहकारी शिक्षाको अभाव र संस्थाप्रतिको प्रतिबद्धता अनुसार कार्य गर्न नसक्नु ठूलो चुनौति हो । विशेष प्रकारले सहकारी सञ्चालनका बारेमा स्पष्टता हुनु आवश्यक छ ।