• New title for a=>html, img=>alt
  • हाम्रो वारे

    आदरणीय सदस्यज्यूहरू,
    नेपालमा सहकारीको तीव्र विकास भइरहेको परिपे्रक्ष्यमा यस संस्थाले स्वरोजगार विकासको पुर्वाधार, धान्याञ्चल नै एक मात्र आधार भन्ने मुख्य नाराकासाथ २७ जना सदस्यहरूबाट सुरुवात गरिएको यस सहकारी संस्थामा आज १२१ पुरुष र ५१ महिला गरी जम्मा १७२ सेयर सदस्य सङ्ख्या पुगेको छ । संस्थामा आबद्ध सदस्यका छोराछोरीहरु शिक्षा, स्वास्थ तथा रोजगारबाट वञ्चित नहुन र आफ्नो व्यवसायलाई विकास तथा विस्तार गर्न सहयोग पु¥याउने पवित्र उद्देश्यका साथ स्थापना भएको यो संस्था आज दिनानुदिन प्रगति तथा सफलताको बाटोमा अगाडि बढ्दै गइरहेको र यस सफलताको लागि संस्थाका सम्पूर्ण सेयरधनी सदस्यको तथा अन्य शुभेच्छुको योगदान प्रशंसनीय छ । भविष्यमा पनि यस्तै सहयोग र सद्भावको अपेक्षा यस संस्थाले राखेको छ । यस संस्थाले छरिएर रहेको पँुजीलाई एकीकृत गरी उत्पादन तथा सेवामूलक क्षेत्रमा लगानी गरेर संस्थामा आबद्ध सेयर सदस्यको जीवनस्तर उकास्नु र देशको अर्थतन्त्रमा समेत टेवा पु¥याउने मुख्य लक्ष्यकासाथ अगाडी वढेको संस्था हो धान्यान्चल ।
    वि. सं. २०६५, आषाढ ५ गते तत्कालीन जिल्ला सहकारी कार्यालय काठमाडांैमा धान्याञ्चल बचत तथा ऋण सहकारी संस्थाको नाममा दर्ता गरी सहकारी अभियानमा सक्रिय यस धान्याञ्चल बचत तथा ऋण सहकारी संस्था लि. आजको दिनसम्म पनि वित्तीय तथा सामाजिक सुरक्षणका कार्यक्रमको माध्यमबाट समुदाय तथा सदस्यहरूको आर्थिक तथा सामाजिक जीवनस्तर उकास्न र सहजिकरण गर्न निरन्तर प्रयासरत छ । यस संस्थाले सहकारीको मूल्य, मान्यता र सिद्दान्तहरूको अनुसरण गर्दै सदस्य सेवामा केन्द्रित भई सदस्यहरूलाई आवश्यक सेवा प्रदान गर्दै आएको छ ।
    सन् १८४४ मा बेलायतबाट सुरु भएको विश्व सहकारी अभियान आज २०१६ सम्म आइपुग्दा विश्वका धेरै देशले सहकारी पद्धतिलाई अवलम्बन गरी अर्थतन्त्रको विकास गरेको देखिन्छ । यिनै उपलब्धिलाई आधार मानेर सन् २००९ मा संयुक्त राष्ट्र संघका महासभाले सन् २०१२ लाई अन्तराष्ट्रिय सहकारी वर्ष घोषणा गरेको थियो । जहाँसम्म नेपालको सन्दर्भ छ हाम्रो सहकारी अभियानको अनुभव आज करिब ६ दशक मात्र पुग्न लागेको छ । यस बिचमा नेपालको सहकारी अभियानले पनि राम्रा नराम्रा र सफलता असफलताका थुप्रै अनुभवहरू सँगालि सकेको छ । सहकारी ऐन २०४८ जारी भएपछि सहकारी अभियानले जन सहभागिताका हिसाबले ठुलो फड्को मारेको छ । यस बिच दुग्ध, फलफुल, चिया, कफी र अन्य कृषिजन्य उत्पादन गर्ने सहकारी संस्थाहरू तथा उपभोक्ता, यातायात, शिक्षा, स्वास्थ्य सम्बन्धित सहकारी संस्थाहरू तथा वित्तीय कारोबार गर्ने बचत तथा ऋण सहकारी संस्थाहरू स्थापना भएका छन् । तीमध्ये अन्य सहकारी संस्थाको तुलनामा वित्तीय कारोबार गर्ने बचत तथा ऋण सहकारी संस्थाहरू संख्यात्मक हिसाबले बढी दर्ता भएका छन् भने यिनै विषयगत संस्थाहरूको सक्रियता नै बढी देखिएको छ । अहिले देशमा सहकारी ऐन अनुसार दर्ता भएका सबै बिषयगत प्रारम्भिक सहकारी संस्थाको सङ्ख्या ३३ हजार बढी पुगिसकेको अवस्था छ । राज्यले पनि सहकारी अभियानलाई व्यवस्थित गर्न सहकारी नियमावली २०४९, सहकारी मापदण्ड २०६८ र राष्ट्रिय सहकारी नीति २०६९ जारी गरेको छ ।
    नेपालको सहकारी अभियान हेर्ने हो भने यसको सञ्जाल देशका सबै जिल्लामा पुगिसकेको छ । आज करिब ३३ हजार वढि सहकारी संस्थाहरूको माध्यमबाट ५० लाखभन्दा बढी व्यक्तिहरू सहकारी अभियानमा संलग्न भएका छन् । विशेष गरी ग्रामीण भेगका महिला, सामाजिक तथा आर्थिक विकासमा समेत पिछडिएका समुदायको क्षमता विकास तथा नेतृत्व विकासका साथसाथै आर्थिक विकासमा समेत उल्लेखनीय योगदान दिन सहकारी अभियान सफल भएको देखिन्छ । आज सहकारी अभियानले देशको वित्तीय क्षेत्रमा १८ प्रतिशतको योगदान, कुल गार्हस्थ्य उत्पादनमा ३ प्रतिशतको योगदान र करिब ५५ हजार व्यक्तिहरूलाई प्रत्यक्ष रोजगार दिन सफल भएको छ भने लाखौँ व्यक्तिहरूलाई स्वरोजगारको अवसर प्रदान गरेको छ । राज्यले सहकारी क्षेत्रलाई पनि अर्थतन्त्रको तिन खम्बामध्ये एक आधार स्तम्भको रूपमा स्वीकार गर्नाले पनि यस सहकारी अभियानको महत्त्व उजागर भएको छ । नेपालको संविधान २०७२ भाग ४ अन्तर्गत राज्यका निर्देशक सिद्दान्त, नीति तथा दायित्व अन्तर्गत निर्देशक सिद्धान्तमा “सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकासमार्फत उपलब्ध साधन र स्रोतको अधिकतम परिचालनद्वारा तीव्र आर्थिक वृद्घि हाँसिल गर्दै दिगो आर्थिक विकास गर्न तथा प्राप्त उपलब्धिहरूको न्यायोचित वितरण गरी आर्थिक असमानताको अन्त्य गर्दै शोषणरहित समाजको निर्माण गर्न राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतिशील बनाउदै समाजवाद उन्मुख स्वतन्त्र र समृद्घ अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्य हुनेछ” भन्ने व्यहोरा उल्लेख छ । यसबाट राज्यद्वारा सहकारी अभियानले हालसम्म प्राप्त उपलब्धिलाई सम्मान गरेको स्पष्ट हुन्छ भने आउँदा दिनमा पनि राज्यको आर्थिक नीति सहकारी मैत्री हुने विश्वास गर्न सकिन्छ । स्मरणीय छ, अन्तर्राष्ट्रिय सहकारी वर्ष सन् २०१२ मा मेक्सिकोमा भएको महासम्मेलनमा अन्तर्राष्ट्रिय सहकारी महासंघ क्ष्ऋब् ले पनि सहकारी व्यवसायलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका साथसाथै थप पर्यावरणीय सुरक्षाको लागि पनि हुनु पर्छ भनी निक्र्यौल निकालेको छ । उक्त लक्ष्य प्राप्तिको लागि क्ष्ऋब् ले यस दशक (सन् २०११ देखि २०२० सम्म) लाई सहकारी दशक घोषणा गरेको छ । हाम्रा सम्पूर्ण गतिविधि र कार्यक्रमहरू यिनै लक्ष्य प्राप्तिमा केन्द्रित हुनु पर्दछ ।
    आदरणीय सेयरधनी महानुभावहरू,
    तपाईँ हामी सबै मिलेर पारस्परिक सहयोगको भावनालाई व्यवहारमा ल्याई कार्य गर्दै गएमा भविष्यमा यस संस्थाको प्रगति गर्न सम्भव हुने कुरा निर्विवाद छ । क्रमिक रूपमा सेयरको संख्या बढाउँदै न्यूनतम रु. १०,०००÷– बाट रु. १,५०,०००÷– बनाउन सबै सेयरधनी महानुभावहरूलाई अनुरोध गर्दछु । सहकारी संस्थामा आबद्ध हुनेहरूले नियमित रूपमा बचत गर्ने कार्यक्रमलाई महत्त्वपूर्ण कार्य हो भनी मनन गर्न अत्यावश्यक छ ।
    संस्थाको आय–व्यय लेखा परीक्षण सम्बन्धमा निर्वाचित लेखा समितिबाट आन्तरिक लेखा परीक्षण र वार्षिक रूपमा अधिकार प्राप्त लेखापरीक्षकबाट लेखापरीक्षण गरी आय–व्ययको विस्तृत विवरणको प्रतिवेदन तथा सचिवको प्रतिवेदन समेत यही पुस्तिकामा उल्लेख गरिएको छ । संस्थालाई अझ बढी पारदर्शी संस्थाको रूपमा विकास तथा विस्तार गर्न हाम्रो र राम्रो नमुना योग्य संस्था बनाउनका लागि सम्पूर्ण सेयरधनी महानुभावहरूको बराबर योगदान हुने हुँदा आ– आÇनो क्षेत्रबाट राय सुझाव सल्लाह साथै संस्थाको सम्पूर्ण कारोबार सफ्टवयेरबाट सञ्चालित भएको हँुदा निश्चिन्त रूपमा आÇनो सम्पूर्ण आर्थिक कारोबार यस संस्थाबाट सञ्चालन गर्नु हुन म हार्दिक अनुरोध गर्दछु ।