धान्याञ्चलको वार्षिक साधारण सभा सम्पन्न

  • Home
  • -
  • News
  • -
  • धान्याञ्चलको वार्षिक साधारण सभा सम्पन्न
धान्याञ्चलको वार्षिक साधारण सभा सम्पन्न

धान्याञ्चलको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँको ढुङ्गेधारास्थित च्छोरोल्पा पार्टी प्यालेसमा भव्यताका साथ सम्पन्न भयो । संस्थाका अध्यक्ष भविश्वर घिमिरेको सभापतित्वमा तथा नेपाली कांगे्रसका केन्द्रीय सदस्य एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा सम्पूर्ण सेयर सदस्यहरू तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरू गरी करिब ५०० जनाको उपस्थिति रहेको थियो । संस्थाका उपाध्यक्ष गगन घिमिरेको स्वागत मन्तव्यबाट सुरु भएको उक्त साधारण सभामा केन्द्रीय बचत तथा ऋण सहकारी संस्था लि. (नेफ्स्कुन) प्रदेश–३ का प्रतिनिधि तथा काठमाडौँ जिल्ला बचत तथा ऋण सहकारी संस्था लि. (कास्कुन) का प्रतिनिधि निरञ्जन सेढार्इँ, काठमाडौं म.न.पा. सहकारी डिभिजनका प्रतिनिधि श्री शिवजी भट्टराई, जिल्ला सहकारी संघ काठमाडौँका प्रतिनिधि श्री अमरावती महर्जन, प्रा.डा. माधवराज गौतम, प्रा. मोहन पन्थी, चिकित्सक संघका अध्यक्ष डा. मुक्ति श्रेष्ठ, काठमाडौँ म.न.पा. १६ का अध्यक्ष मुकुन्द रिजाल, नेपाली कांग्रेस अर्घाखाँचीका नेता रेवतीप्रसाद भुसाललगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूले शुभकामना मन्तव्य राख्दै धान्याञ्चल आफ्नो घोषित लक्ष्य प्राप्तिमा सफल बन्ने विश्वास व्यक्त गर्नुभएको थियो । कामना कलेजसँगको सहकार्यमा विभिन्न सांस्कृतिक कार्यक्रमहरूका माध्यमबाट सहभागीहरूलाई मनोरञ्जनसमेत गराइएको उक्त कार्यक्रममा मन्तव्य राख्दै प्रा. मोहन पन्थीले नेपाली मौलिक परम्परा र संस्कृतिको संरक्षणमा धान्याञ्चलले महत्त्वपूर्ण भूमिका खेलेकोमा प्रसन्नता व्यक्त गर्नुभएको थियो ।