धान्याञ्चलको वार्षिक साधारण सभा सम्पन्न

  • Home
  • -
  • News
  • -
  • धान्याञ्चलको वार्षिक साधारण सभा सम्पन्न
धान्याञ्चलको वार्षिक साधारण सभा सम्पन्न

धान्याञ्चलको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ ः ‘स्वरोजगार विकासको पूर्वाधार ः धान्याञ्चल नै एकमात्र आधार’ भन्ने नारालाई आत्मसात् गर्दै २०६५ साल असार ५ गते स्थापना भएको धान्याञ्चल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दसौँ वार्षिक साधारण सभा २०७६ साल कार्तिक ३० गते शनिबारका दिन काठमाडौँको ढुङ्गेधारास्थित च्छोरोल्पा पार्टी प्यालेसमा भव्यताका साथ सम्पन्न भयो । संस्थाका अध्यक्ष भविश्वर घिमिरेको सभापतित्वमा तथा नेपाली कांगे्रसका केन्द्रीय सदस्य एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा सम्पूर्ण सेयर सदस्यहरू तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरू गरी करिब ५०० जनाको उपस्थिति रहेको थियो । संस्थाका उपाध्यक्ष गगन घिमिरेको स्वागत मन्तव्यबाट सुरु भएको उक्त साधारण सभामा केन्द्रीय बचत तथा ऋण सहकारी संस्था लि. (नेफ्स्कुन) प्रदेश–३ का प्रतिनिधि तथा काठमाडौँ जिल्ला बचत तथा ऋण सहकारी संस्था लि. (कास्कुन) का प्रतिनिधि निरञ्जन सेढार्इँ, काठमाडौं म.न.पा. सहकारी डिभिजनका प्रतिनिधि श्री शिवजी भट्टराई, जिल्ला सहकारी संघ काठमाडौँका प्रतिनिधि श्री अमरावती महर्जन, प्रा.डा. माधवराज गौतम, प्रा. मोहन पन्थी, चिकित्सक संघका अध्यक्ष डा. मुक्ति श्रेष्ठ, काठमाडौँ म.न.पा. १६ का अध्यक्ष मुकुन्द रिजाल, नेपाली कांग्रेस अर्घाखाँचीका नेता रेवतीप्रसाद भुसाललगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूले शुभकामना मन्तव्य राख्दै धान्याञ्चल आफ्नो घोषित लक्ष्य प्राप्तिमा सफल बन्ने विश्वास व्यक्त गर्नुभएको थियो । कामना कलेजसँगको सहकार्यमा विभिन्न सांस्कृतिक कार्यक्रमहरूका माध्यमबाट सहभागीहरूलाई मनोरञ्जनसमेत गराइएको उक्त कार्यक्रममा मन्तव्य राख्दै प्रा. मोहन पन्थीले नेपाली मौलिक परम्परा र संस्कृतिको संरक्षणमा धान्याञ्चलले महत्त्वपूर्ण भूमिका खेलेकोमा प्रसन्नता व्यक्त गर्नुभएको थियो ।

सहकारी र शिक्षालाई सँगसँगै लैजाने संस्थाको घोषित नीतिबमोजिम कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. रामशरण महतबाट धान्याञ्चल दर्पण –२ को विमोचनसमेत गरिएको थियो । विमोचित पुस्तकमाथि संक्षिप्त मन्तव्य राख्दै प्रधान सम्पादक प्रा.डा. माधवराज गौतमले कुनै पनि सहकारी संस्थाका लागि पुस्तक प्रकाशन चुनौतिपूर्ण कार्य रहेको र त्यसलाई आपूmहरूले कुशलतापूर्वक सम्पादन गर्न सकेकोमा गौरव लागेको विचार व्यक्त गर्नुभएको थियो । विभिन्न क्षेत्रमा क्रियाशील बौद्धिक व्यक्तित्वहरूका लेखहरूलाई समेटी तयार पारिएको यस स्मारिकाले सहकारीका बारेमा जान्न चाहने जोसुकैको तिर्खा मेट्नसक्ने विश्वास उहाँले व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा मन्तव्य राख्दै नेपाली कांगे्रसका केन्द्रीय सदस्य एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपालमा सहकारी अभियानको जग नेपाली कांग्रेसले नै बसाएको र २०४६ सालपछि नेपाली कांग्रेसको सरकार बनेपछि नै काङ्ग्रेसले लिएको तीनखम्बे आर्थिक नीतिकै कारण सहकारीले विस्तारित स्वरूप लिई अहिलेको अवस्थासम्म आइपुगेको विचार राख्नुभएको थियो । अहिले देशमा करिब ३५००० सहकारीहरू रहेको र तिनले नेपालको लोकतान्त्रिक आन्दोलनमा होस् वा सामाजिक जागरणको आन्दोलनमा नै किन नहोस्, त्यसैगरी देशको आर्थिक रूपान्तरणमा होस् वा वैयक्तिक जीवनमा सहकार्यको महत्त्व स्थापित गर्नमा नै किन नहोस् अत्यन्त सकारात्मक भूमिका खेलेको भन्दै खुसी व्यक्त गर्नुभएको  थियो । नेपाली कांग्रेस सहकारीमैत्री वातावरणको सृजनामा विगतदेखि नै लागिरहेको र आगामी दिनमा समेत उक्त भूमिका निर्वाह गरिरहने विचार डा. महतले राख्नुभएको थियो । त्यसैगरी डा. महतले छोटो समयमै लोकप्रिय बनेको यस धान्याञ्चल सहकारीले पनि ऐननियमका परिधिभित्र रही आफ्ना सेयर सदस्यहरूलाई बढीभन्दा बढी प्रतिफल दिने विश्वास व्यक्त गर्नुभएको थियो ।

 

कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष भविश्वर घिमिरेले धान्याञ्चल सहकारीको स्थापनाको पृष्ठभूमि सम्झिँदै अर्घाखाँचीको मैदानबाट काठमाडौँमा आई विभिन्न पेशा र व्यवसायमा संलग्न २७जनाको रु. २७०,०००÷–को सानो पुँजीबाट सुरु भएको यो सहकारी वर्तमानसम्म आइपुग्दा ४५० को हाराहारीमा करिब ५ करोडको सेयर पुँजीसहित ठूलो परिवारका रूपमा स्थापित भएको देख्दा गौरव लागेको विचार व्यक्त गर्नुभएको थियो । विभिन्न सामाजिक क्रियाकलापका माध्यमबाट समाजमा बेग्लै पहिचान निर्माण गरेको धान्याञ्चल सहकारीलाई आगामी दिनमा अझै विस्तार गर्दै तथा सेयर सदस्यमैत्री बनाउँदै अघि बढाइने विचार घिमिरेले राख्नुभएको थियो । सेयर सदस्यहरू तथा बचतकर्ताहरूको पुँजी संरक्षणको जिम्मेबारी आफूहरूले पाएको विचार राख्दै उहाँले आपूmहरू उक्त जिम्मेबारीमा खरो उत्रिने मात्र नभई प्रतिफल दिने सबालमा पनि अन्य सहकारीभन्दा अग्रणी बन्ने विचार राख्नुभएको थियो । साथसाथै धान्याञ्चल सहकारीले रक्तदान, निःशुल्क स्वास्थ्य शिविर, सरसफाई, वृद्धवृद्धा सम्मानजस्ता विभिन्न कार्यका माध्यमबाट सामाजिक उत्तरदायित्व निर्वाह गरिरहेको विचार व्यक्त गर्नुभएको थियो । मन्तव्यकै क्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद दिँदै घिमिरेले आगामी दिनमा समेत सबैको यथोचित सहयोग एवम् सल्लाह र सुझाब लिएर सहकारीलाई अगाडि बढाइने विचार राख्नुभएको थियो ।
कार्यक्रममा २०७५ सालको क्भ्भ् तर्फ उत्कृष्ट हुने एकजना छात्र र एकजना छात्रालाई नगदसहित सम्मानपत्र वितरण गरिएको थियो भने विभिन्न विधा र क्षेत्रमा उत्कृष्टता हासिल गर्ने व्यक्तिहरूलाई सम्मान गरिनुका साथै कार्यक्रममा प्रमुख अतिथिलगायत अतिथिहरूलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव कृष्ण अधिकारीले गर्नुभएको थियो ।
पहिलो सत्र (उद्घाटन सत्र) को समापनसँगै दोस्रो सत्रका रूपमा बन्दसत्रको सञ्चालन गरिएको थियो । संस्थाका अध्यक्ष भविश्वर घिमिरेको अध्यक्षतामा तथा नेपाली कांग्रेस अर्घाखाँचीका नेता रेवतिप्रसाद भुसालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त बन्दसत्रमा अध्यक्ष, लेखासमिति, कोषाध्यक्ष तथा लेखापरीक्षकका प्रतिवेदनहरू प्रस्तुत गरी ती प्रतिवेदनहरूलाई संशोधनसहित पारित गरिएको थियो भने विनियम संशोधनसम्बन्धी कार्य पनि सम्पन्न गरिएको  थियो । साथसाथै आगामी २०७६÷२०७७ का लागि सञ्चालक समितिका तर्फबाट प्रस्तावित नीति तथा कार्यक्रमसमेत संशोधनसहित पारित गरिएको थियो ।