• New title for a=>html, img=>alt
  • तिहारमा विशेष देउसी भैलो खेल्ने कार्यक्रम आयोजना गरिेने निर्णय

    धान्याञ्चल वचत तथा ऋण सहकारी संस्थाको नियमित मासिक बैठक हरेक महिनाको पहिलो शनिवार विहान ७ बजेबाट हुने भने बमोजिम गोगंबु स्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भविश्वर घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा तिहारमा विशेष देउसी भैलो खेल्ने कार्यक्रम आयोजना गरिेने निर्णय गरिएको छ । संस्थाका सचिव कृष्ण अधिकारीको प्रमुख निगरानीमा सांस्कृतिक समिति संयोजक खुमराज घिमिरेको संयोजकत्वमा उक्त कार्यक्रम आयोजना हुन लागेको हो । कलंकी स्थित पिनाकल एकेडेमीको प्रांगणमा हुनलागेको कार्यक्रमलाई सफल पार्न सवै शेयरधनी महानुभावलाई संस्थाले विशेष आग्रह गरेको छ ।